काठमाडौँ, २० साउन । गौर हत्या काण्डका पीडितसँग छलफल गर्न सरकारले गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने भएको छ । गौर हत्या काण्डका पीडित परिवारसँग आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वार्ता टोली गठन गर्ने आश्वाशन दिइएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन् । १७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको हत्या भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरे पनि ठोस रुपमा वार्ता सुरु नगरेसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले जनाएका छन् । पीडितले परिवारले रौतहटमा केही दिनदेखि प्रदर्शन र रिले अनसन गर्दै आएका छन् ।





