
झापा, ९ असार । झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो ।






