हेटौंडा, २९ जेठ । हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
भारतबाट ग्यास बोकेर आएको एनएल-०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।
दुर्घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।