Logo

ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु



चितवन, ९ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्