सप्तरी, १ साउन । सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् ।
बोदे बर्साइन नगरपालिका-१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा स्थानीय कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन वटा ग्यास सिलिन्डर पड्किएको छ । खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







