Logo

ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो



ग्रीक, १९ फागुन । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार अधिकारीहरुले जानकारी दिएका हुन् ।

उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो ।

ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन् ।

मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।

प्रतिक्रिया दिनुहोस्