Logo

ग्रीसमा शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु



ग्रीस, ३१ जेठ । ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले जनाएको छ ।

एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन ।

यो घटना पाइलोस शहरको तटमा भएको थियो । ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुङ्गा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्