Logo

ग्लोबर हंगर इन्डेक्समा नेपाल ८१ औं र भारत १०९ औं स्थानमा



बीबीसी

काठमाडौँ, २९ असोज । ग्लोबर हंगर इन्डेक्स (न्ज्क्ष्) मा भारत श्रीलंका, नेपाल र पाकिस्तान भन्दा पछाडि रहेको छ । भोकमरी मापन गर्ने अन्तराष्ट्रिय संस्था जीएचआइले २०२२ मा गरेको १ सय २१ देशको सर्वेक्षणमा भारत १०७ औं स्थानमा रहेको छ ।

दक्षिण एशियाको सबैभन्दा राम्रो अवस्था श्रीलंकाको रहेको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका सूचांकको ६४ औं स्थानमा छ । नेपालमा ८१ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा रहेको छ । दक्षिण एशियामा भारतको अवस्था अफगानस्तान बाहेक सबैको भन्दा खराब स्थानमा रहेको छ ।

जिएचआईले कुपोषण, बालबालिकाको अति कुपोषण, बालबालिका विकासमा रोकावट र बाल मृत्यु दरको अध्ययन गरेर सूचि निर्धारण गर्दछ । भारतमा भोकमरी र कुपोषणग्रस्त जनसंख्या ठुलो मात्रामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्