
काठमाडौँ, १४ पुस । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २० ले घटेर एक हजार तीन सय ८० मा आएको महासङ्घले जनाएको छ ।







