काठमाडौँ, ३० पुस । शुक्रबार मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीले केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ ।
शनिबार बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
भुसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए । नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर, उनी एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।







