काठमाडौँ, २८ पुस । नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन् ।
भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ ।
उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्।
भूसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए । नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो ।







