Logo

घाँटीमा मासु अड्किएर धनकुटामा एक वृद्धको ज्यान गयो



धनकुटा, ३१ जेठ । धनकुटामा मासु खानेक्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर ज्यान गएको हो ।

जेठ २१ गते घाँटीमा मासु अड्किएपछि लिम्बूलाई उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको थियो ।

मासु घाँटीबाट निकालिएको भए पनि असर पारेका कारण उपचारको क्रममा गएराति लिम्बूको ज्यान गएको डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्