Logo

घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व: उपप्रधानमन्त्री खड्का



सुर्खेत, १८ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताएका हुन् ।

रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई-१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए ।

“हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पु¥याउनु हो”, उनले भने, “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्