Logo

घानामा डुङ्गा पल्टिँदा आठ बालबालिकाको मृत्यु



file photo
फाइल तस्बिर

घाना, ११ माघ । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा आठ जना विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई दिएको जनकारी अनुसार तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको छ ।

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्