Logo

घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष पक्राउ



बेलायत, २७ मंसिर । कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ ।

कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस खुवाएको आरोप लागेपछि युरोपभर खलबली मच्चिएको बीबीसीले जनाएको छ ।

कतारको घुस लिएको आरोपमा बेल्जियम प्रहरीले युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीसहित चार जनालाई पक्राउ गरेको छ । चारै जनालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

कतारको घुस लिएको आरोप लागेकोहरुबाट बेल्जियम प्रहरीले ६ लाख युरो बरामद गरेको छ भने उनीहरुका कम्प्युटर र मोबाइल पनि जफत गरेको छ ।

विपक्षी सांसदहरूले घुसखोरीको यो घटना युरोपको इतिहासकै खराब घटनाको रुपमा बाहिर आएको भन्दै चिन्ता जनाएका छन् । युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले पछिल्लो घटनाले युरोपियन लोकतन्त्र आक्रमणमा परेको चेतावनी दिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्