Logo

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा



सिन्धुली, ३० पुष । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा मंगलबार साँझ नकाबधारी समूहले नेपाल एसबीआई बैंकमा धावा बोलेर करोडौं रुपैयाँ लुटपाट गरेको छ। काभ्रेको बनेपाबाट आएको ६ जनाको समूहले साँझ करिब ७ बजे बैंकका सुरक्षागार्डमाथि कुटपिट गरी सेफमा रहेको ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएको हो।

घटना लगत्तै व्यापक खोजतलास सुरु गरेको प्रहरीले नजिकैको जंगल क्षेत्रबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटपाटमा प्रयोग गरिएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

चालक बनेपाका रहेको र सबै लुटेरा बनेपाबाटै चढेर आएको खुलेको प्रहरीले जनाएको छ। फरार रहेका अन्य लुटेराको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्