Logo

चकलेट दिएर बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा महत पक्राउ



अर्घाखाँची, १६ जेठ । अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका-७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया बालिकालाई चकलेट खुवाउने बहाना फकाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महतले जेठ १३ गते दिउँसो ३ बजेको समयमा बालिकालाई चकलेट खुवाउने बहाना बनाएर गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

महतलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्