काठमाडौँ, १४ असार । यातायात व्यवसायी तथा चालकहरुले चक्रपथमा सवारी साधनसहित प्रदर्शन गरेका छन् ।
ढुवानी सवारी साधन ट्रक तथा ट्यांकर र ट्याक्सी चालकले सवारी साधनसहित आज चक्रपथमा प्रदर्शन गरेका छन् । उनीहरुले २० वर्ष पुराना सवारी साधनलाई चल्न दिनु पर्ने, रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने लगायतका मागसहित प्रदर्शन गरेका हुन् । सवारी साधनसहितको प्रदर्शनले चक्रपथको यातायात अस्तव्यस्त भएको छ ।







