Logo

चट्याङले विद्युत्गृहमा क्षति: ३७६ घरधुरी अन्धकारमा



म्याग्दी , २२ असार । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ ।

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्‍याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।

चट्याङले चार लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्