Logo

चट्याङ्ग लागेर ३८ जनाको मृत्यु



काठमाडौँ, १८ असार । झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ ।

गत वैशाख १ देखि शुक्रबारसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक छ । एक जना वेपत्ता छन् ।

सबैभन्दा बढी ३८ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोमा परि १३, हावाहुरीबाट ८ तथा भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार आगलागीका घटनामा १९ जनाको मृत्यु भएको छ । त्यस्तै जनावरको आक्रमणबाट १२, सर्पदंशबाट ५, भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने एक जनाको डुङ्गा पल्टिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्