Logo

चट्याङ् लागेर किसानको मृत्यु



सप्तरी, २२ असार । सप्तरीको विष्णुपुर गाउँपालिका-७ विष्णुपुर टोलका-७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।

घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्