Logo

चट्याङ लागेर तीन जनाको मृत्यु



रौतहट, १४ भदौ । रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका-३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिइन् ।

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्