Logo

चट्याङ लागेर सात जनाको मृत्यु



काठमाडौँ, १५ असार । चट्याङ लागेर मङ्गलवार एकै दिन सात जनाको मृत्यु भएको छ ।

रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लागेर एक-एक जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच बितेको साढे तीन महिनामा विपद्जन्य घटनाबाट ९५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि बुधवार बिहान १० बजेसम्ममा ९५ जनाको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्