दैलेख, ८ साउन । चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका-२ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।
स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए ।
उनका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।
घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको उनले जानकारी दिए । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताए ।







