Logo

चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालककोे मृत्यु



काठमाडौँ, ५ माघ । काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३-०२-०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरि-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्