मेचीनगर, २७ साउन । अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले धुलाबारी चोकमा बकुल्ला, कागको दिशाले फैलिएको दुर्गन्धलाई घटाउन फिनेल उपलब्ध गराएको छ ।
मेचीनगरमा अपाङ्गहरुमा रोजगारी सृजना गर्दै अपाङ्गहरुको हकहितका लागि साथै अन्य सामाजिक क्षेत्रमा क्रियाशिल अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्थाले मेचीनगर नगरपालिका वडा नं.१० वडा कार्यालयलाई १० लिटर फिनेल प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष राम बुढथोकीसहित महासचिव डिल्लि पौडेलले मेचीनगर नगरपालिका वडा नंं.१० का वडा सदस्य विशाल कार्की, सोमनाथ ओझा र वडा सचिव जितेन्द्र बुढाथोकीलाई संयुक्त रुपमा उक्त फिनेल प्रदान गरेका थिए ।
समाजप्रति स्थानीय सरकार मात्र नभएर सामाजिक संघसंस्था सामाजिक व्यक्तित्वहरु जिम्वेवार हुनुपर्छ भन्ने ठानेर संस्थाका तर्फबाट फिनेल उपलब्ध गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले जानकारी दिए ।
उक्त अवसरमा फिनेल ग्रहण गर्दै मेचीनगर नगरपालिका वडा नं १० का वडा सदस्य विशाल कार्कीले अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्थालाई धन्यवाद दिदै धुलाबारी चोकमा सरसफाईकर्मीहरुको सहयोगमा दुर्गन्ध घटाउन औषधी छर्कने बताएका छन् ।







