Logo

चर्च ब्वाइज ‘ए’ डिभिजन च्याम्पियन



काठमाडौँ, २३ जेठ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो । बराबरीसँगै चर्च ब्वाइजको २५ खेलमा ४५ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ३९ अङ्क छ । एक खेल कम खेलेको मच्छिन्द्रले अब दुई वटै खेल जिते पनि ४५ अङ्क नै हुनेछ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज नै अगाडि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्