Logo

चलचित्र ‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक (भिडिओ)



काठमाडौं, २४ साउन । आगामी भदौ ६ गते प्रदर्शन हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ ।

शनिवार दिउँसो निर्माण टिमले ३ मिनेट भन्दा लामो ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडी लगायतलाई देख्न सकिन्छ । ट्रेलरले कथासारलाई समेत संकेत गरेको छ, जहाँ पात्रहरुको सम्बन्ध र जीवनका आरोह–अवरोहहरु देखाइएको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, शुशांक मैनाली, कविता आले जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा नवीन गुरुङ र कृष्ण परियारको छायांकन छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया दिनुहोस्