काठमाडौँ, २२ माघ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुनको’ गीतबाट छायाङ्कन सुरु भएको छ ।
नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने चलचित्रको शुक्रवारदेखि छायाङ्कन सुरु गरिएको हो । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, सङ्गीता शर्मा, आशा भारती र अनिता गिरीलगायतका कलाकारको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कङ्गना गिरी, विमर्श कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायतका बाल कलाकारको पनि अभिनय रहनेछ। चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै छन् ।