काठमाडौँ, १२ पुस । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेको छ ।
यही पुस ११ गते बसेको बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर गर्नुपर्ने नियम संशोधन गर्दै अब चार दिनअघि दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको हो ।
यसैगरी बैठकले बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसबारेमा प्रदर्शन गर्नुअघि नै बोर्डलाई जानकारी गराउनुपर्नेसमेत निर्णय गरेको छ ।
यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृति लिइ चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।