सप्तरी , १८ जेठ । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका–९, इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत, बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो ।
चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य चार लाख ३८ हजार रुपैयाँबराबर रहेको बताइएको छ ।
चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।