Logo

चारआलीमा आधुनिक साकोसको आँखा शिविर: ३५४ जनाले लिए सेवा



मेचीनगर, २३ भदौ । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका वडा नं.१३ को चारआलीको आइतबारे बजारको मन्दिर परिषरमा आयोजित शिविरमा ३५४ जनाको आँखा चेकजाँच गरिएको थियो ।

३५४ जनाको आँखा चेकजाँच गरिएकोमा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईले जानकारी दिए । त्यसैगरी, आँखामा मासु पलाएका १२ जना फेला परेका थिए ।

शिविरमा १२३ जनालाई नि:शुल्क औषधि तथा ७३ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको आधुनिक सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले बताए ।

उक्त शिविरमा धाइजन, धुलाबारी, चारआली बजारलगायत आसपासका क्षेत्रका सदस्यहरुले आँखाको जाँच गराएका थिए । शिविरमा काँकरभिट्टा आई केयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईको नेत्रृत्वमा आएको चार जना प्राविधिक टोलीले शिविरमा आँखाका बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।

आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले गरेका थिए ।

संस्थाका चारआली सेवा केन्द्रका उपसमिति संयोजक चुडामणी बरालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टरका दृष्टि विशेषज्ञ प्रज्वल भट्टराईले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन चारआली सेवा केन्द्रका कार्यालय प्रमुख विश्वास दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्