Logo

चारआलीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम



मेचीनगर, २१ असोज । चारआली जेसिजले आइतबार ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्ल्ब अफ धाइजन चारआली, ट्राफिक पोष्ट चारआली, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र प्रहरी चौकी चारआलीको विशेष सहयोगमा भएको कार्यक्रममा गाडीहरुमा ट्राफिक नियमसम्बन्धी स्टिकर लगाउनुका साथै प्रचार सामाग्रीहरु प्रदान गरिएको थियो ।

चारआली जेसिजका अध्यक्ष संगित शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी चारआलीका इञ्चार्ज जनक तिम्सिना, प्रहरी चौकी चारआलीका प्रमुख अमर विनोद घिमिरे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष देवि भट्टराई, टेङकर कमिटीका जय प्रकाश उराउ, लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष जगननाथ भट्टराई, प्रहरी, यातायात संगठनका पदाधिकारी, जेसिजका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन चारआली जेसिजका महासचिव विवेक सुन्दासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्