Logo

चारआलीमा यात्रु सहायता कक्ष सञ्चालन



मेचीनगर, ८ असोज । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

दसैँ, तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट चारआली, प्रहरी चौकी चारआली तथा चारआली जेसीजको सहकार्यमा चारआली चोकमा यात्रु सहायता कक्ष सुरु गरिएको हो ।

उक्त यात्रु सहायता कक्ष उद्घाटनमा मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, यातायात व्यवसायी देविप्रसाद भट्टराई, चारआली जेसिजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’, चारआली जेसीजका पदाधिकारी, यातायात व्यवसायी, ट्राफिक प्रहरी, यात्रु लगायतको उपस्थिति रहेको थियो ।

चाडबाडका समयमा आवतजावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाइका लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको प्रहरी चौकी चारआलीका इञ्चार्ज जनक तिम्सिनाले जानकारी दिए ।

सो अवसरमा मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, यातायात व्यवसायी देविप्रसाद भटटराई लगायतले आ-आफना धारणा राखेका थिए ।

उक्त यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रमको सञ्चालन प्रहरी चौकी चारआलीका इञ्चार्ज जनक तिम्सिनाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्