Logo

चारआली जंगलमा दुई जनाको शव फेला



झापा, ४ पुस । झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ ।

सोमबार अपरान्ह पौने ३ बजेतिर मेचीनगर-१३ स्थित चारआली जंगलमा महिला र पुरुषको शव भेटिएको हो ।

अन्दाजी ३५ वर्षकी महिला र ४५ वर्षको पुरुषको केही दिनअगाडि नै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

अहिलेसम्म ती दुवैको पहिचान खुलिनसकेको डिएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्