मेचीनगर, २९ पुस । चारआली जेसिजको अध्यक्षमा संगीत सिवाकोटी चयन भएका छन् ।
शुक्रबार सम्पन्न चारआली जेसिजको १० औँ वार्षिक साधारणसभाले सिवाकोटीलाई वर्ष २०२३ का लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै जेसिजको कार्यकारीणी उपाध्यक्षमा सन्देश न्यौपाने र भुपेन्द्र प्याकुरेल चयन भएका निर्वाचन समिति सदस्य उत्तमप्रसाद पकुवालले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्षमा मानविर राजवंशी, अशोक बराल, उत्सव भट्टराई र विनय दाहाल चयन भएका छन् ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष सिवाकोटीले अन्य पदाधिकारीलाई केही दिनमा पूर्णता दिने बताए ।
चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा (विरु) को अध्यक्षतामा भएको साधारणसभामा चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, वर्ष २०१५ का अध्यक्ष राजेश गिरी, वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङ, वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलालगायतको आतिथ्य रहेको थियो ।






