Logo

चारआली जेसिजद्वारा वृक्षरोपण अभियान सुरु (फोटोफिचर)



मेचीनगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा चारआली जेसिजले वृक्षरोपण अभियान सुरु गरेको छ ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नंं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।

सो अवसरमा मेचीनगर नगरपालिका वडा नंं.१३ चारआलीमा गमलामा विभिन्न प्रकारका बिरुवाहरु रोपेर अभियानको सुरुवात गरिएको चारआली जेसिजका महासचिव सुजुप सुवेदीले जानकारी दिए ।

उक्त वृक्षरोपण कार्यक्रममा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, जेसिजका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक नेत्रप्रसाद मिश्रले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा तालिम निर्देशक भूपेन्द्र प्याकुरेलले जेसिज आस्था वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन चारआली जेसिजका महासचिव सुजुप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्