Logo

चारआली जेसिजले गर्यो मेचीनगर-१२ का जनप्रतिनिधिहरुलाई सम्मान



मेचीनगर, २४ जेठ । चारआली जेसिजले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

जेसिले मेचीनगर नगरपालिका वडा नं.१२ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार वडा कार्यालयमै पुगेर सम्मान गरेको हो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’को नेतृत्वमा गएको टोलीले नवनिर्वाचित वडाध्यक्ष मधुसुदन निरौलासहित वडा सदस्यहरु मिना लामा, कृष्णमाया बराइली, मनोज खरेल र विशु मेचेलाई सम्मान गरेको चारआली जेसिजका महासचिव सुजुप सुवेदीले जानकारी दिए ।

सो अवसरमा चारआली जेसिजका वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामागं, उपाध्यक्ष नेत्रप्रसाद मिश्र, सह-कोषाध्यक्ष सन्देश न्यौपाने, तालिम निर्देशक भूपेन्द्र प्याकुरेल, जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्