Logo

चारआली जेसिजले गर्यो वृक्षरोपण (फोटोफिचर)



 मेचीनगर, २४ असार । चारआली जेसिजले बलभद्र जनता माध्यमिक विद्यालयमा आज वृक्षरोपण गरेको छ ।

वृक्षरोपण अभियान २०२२ अन्तरगत जेसिजले मेचीनगर नगरपालिका वडा नंं.११ मंगलीमा रहेको उक्त विद्यालयमा १०० वटा विभिन्न प्रकारका विरुवाहरु रोपेको हो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतमा भएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नंं.११ वडा सदस्य शक्ति थेवे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरिया, प्रधानाध्यपक तुलसीप्रसाद सुवेदी, शिक्षक डम्बर श्रेष्ठ, जेसिजका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मेचीनगर नगरपालिका वडा नंं.११ वडा सदस्य शक्ति थेवे, प्रधानाध्यपक तुलसीप्रसाद सुवेदी लगायतले आ-आफना धारणा राखेका थिए ।

कार्यक्रम संयोजक दिपक राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा जनसम्पर्क संयोजक सञ्जय निरौलाले जेसिज आस्था वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन चारआली जेसिजका महासचिव सुजुप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्