झापा, ५ पुस । चारआली जेसीजको वर्ष २०२४ को अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ ।
अध्यक्ष पदका लागि सुजुप सुवेदी र भोजराज पराजुलीले उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत बिरबहादुर बेघाले जानकारी दिए ।
यस्तै कार्यकारीणी उपाध्यक्षमा दुई जनाका लागि तीन जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी उपाध्यक्षमा मानविर राजवंशी, उत्सव भट्टराई र बिबेक सुन्दासले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा चार जना निर्वाचित हुने विधान अनुसार चार जनाकै उम्मेद्वारी परेको छ । उपाध्यक्षमा गोविन्द पाठक (कपिल), अंजित प्रसाईं, रिसभ ढकाल र हिमाल बजगाई रहेका निर्वाचन अधिकृत बेघाले बताए ।
चारआली जेसीजको वार्षिक साधारणसभा तथा अधिवेशन आगामी पुस ९ गतेलाई तह गरिएको छ ।






