मेचीनगर, ८ असोज । चारआली जेसीजले आजबाट जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ ।
जेसीजको सप्ताह समुद्घाटन कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा बृहत सरसफाई तथा गमला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।
जेसीजको साताव्यापी कार्यक्रम अन्तरगत असोज ९ गते मेचीनगर नगरपालिका वडा नं.१४ मा रहेको बाल सुबोधिनी माविमा प्रहरी मेरो साथी, असोज १० गते चारआलीमा बृहत रक्तदान कार्यक्रम तथा असोज १० गते नै चारआली जेसीज स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ ।
त्यसैगरी असोज १२ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र असोज १५ गते नै जेसीआई तालिम आयोजनासहित सप्ताह समापन हुने चारआली जेसिजका सचिव शिक्षा घिमिरेले जानकारी दिइन् ।
उक्त अवसरमा लायन्स क्लब अफ धाइजन चारआलीका संस्थापक अध्यक्ष हरि घिमिरे, प्रहरी चौकी चारआलीका इञ्चार्ज जनक तिम्सिना, लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष मोहन अधिकारी, शिक्षक डम्बर श्रेष्ठ, चारआली जेसीजका पूर्व अध्यक्षहरु, प्रहरी, स्थानीय, जेसीजका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिती रहेको थियो ।
जनसम्पर्क अधिकारी सञ्जय निरौलाले आस्था वाचन गरेका थिए भने कार्यक्रम मूल संयोजक सन्देश न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।






