Logo

चारआली जेसीजको जेसीज सप्ताह सम्पन्न



मेचीनगर, १६ असोज । चारआली जेसीजको जेसीज सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

जेसीजको सप्ताह समापन कार्यक्रम अन्तर्गत जेसी हुनुमा गर्व (proud to be jci) कार्यक्रम सम्पन्न भएको हो ।

गत असोज ८ गते चारआलीमा सरसफाई तथा गमला वितरण गरि सुरू भएको सप्ताह कार्यक्रममा प्रहरी मेरो साथी, रक्तदान, स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, मैत्रीपुर्ण फुटसललगायतका कार्यक्रम गर्दै शनिवार सप्ताह सम्पन्न भएको हो ।

चारआली जेसीजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् ।

सप्ताह समापनको अवसर पारेर जेसी हुनुमा गर्व (proud to be jci) तालिम आयोजना गरिएको थियो ।

उक्त तालिमको सहजीकरण नेपाल जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्सिनाले गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, चारआली जेसीज वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङ, बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमला, मेचीनगर नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, बाहुनडाँगी जेसीजका अध्यक्ष हेमन्त मोक्तान, मेचीनगर नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष मधुसूदन निरौलालगायतले आ-आफना धारणा राखेका थिए

चारआली जेसीजका सचिव शिक्षा घिमिरेले आस्था वाचन गरेकी थिइन् भने तालिम निर्देशक भूपेन्द्र प्याकुरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्