मेचीनगर, ७ माघ । चारआली जेसीजको नवौँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
चारआली जेसीज वर्ष २०२२ का अध्यक्ष विरबहादुर बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।
पद हस्तान्तरण समारोहमा जेसीजले विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस्तै जेसिज अफ द इअर महासचिव सुजुप सुवेदी, उत्कृष्ट कोडिनेटर मनिष राजवंशी र बेष्ट लोम अफिसर अवार्डबाट भुपेन्द्र प्याकुरेललाई सम्मानित गरिएको छ ।
सो अवसरमा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले आफना हजुरबुबा तिर्थराज पकुवालको सम्झनामा स्थापित अक्षय कोषबाट सामाजसेवी तथा चारआली जेसिजका संस्थापक महासचिव नरेश मोहरालाई नगदसहित सम्मानित गरिएको थियो ।
त्यसैगरी चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले स्थापना गरेको विष्णुलाल मन्दना अक्षय कोष सहयोग क्यान्सर पिडीत चन्द्रकला दाहाललाई प्रदान गरिएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख बुढाथोकी, नेपाल जेसीजका निरुपति राष्ट्रिय उपाध्यक्ष अनुप सुनार, नेपाल जेसीजका राष्ट्रिय पूर्व कार्यकारीणि उपाध्यक्ष विनोद बस्नेत, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल लगायतले आ-आफना धारणा राखेका थिए ।
उक्त अवसरमा वर्ष २०२३ को लागि संगीत सिवाकोटीको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।
सिवाकोटीले महासचिवमा विवेक सुन्दास, कोषाध्यक्षमा भोजराज पराजुली, कानुनी सल्लाहकारमा सुजुप सुवेदी, जनसम्पर्क अधिकारीमा दिपक राई, सह-कोषाध्यक्षमा पूजा घिमिरे, सचिवमा रिसभ ढकाल र तालिम निर्देशकमा शिक्षा घिमिरेलाई मनोनित गरेका छन् ।
कार्यक्रम संयोजक विवेक सुन्दासले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०२२ का महासचिव सुजुप सुवेदीले गरेका थिए ।






