मेचीनगर, ११ असोज । चारआली जेसीजले सोमबार एकैदिन तीन वटा कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीज सप्ताह कार्यक्रम अन्तरगत जेसीजले मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
लायन्स क्लबको अफ धाइजन चारआलीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा तीन महिलासहित २२ जनाले रगत दान गरेका थिए ।
चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मधुसुदन निरौला रहेका थिए ।
उक्त अवसरमा चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, लायन्स क्लब अफ धाइजन चारआलीका संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चारआली जेसीजका तालिम निर्देशक भूपेन्द्र प्याकुरेलले आस्था वाचन गरेका थिए भने लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष मोहन अधिकारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।
त्यस्तै चारआली जेसीजले सोमबारले नै स्थापना दिवसको अवसर पारेर शभुकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रममा चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, चारआली जेसीज वर्ष २०१६ का अध्यक्ष तिर्थ घिमिरे, चारआली जेसीज वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामांग, चारआली जेसीज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक विवेक सुन्दासले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।
त्यसैगरी जेसीजले चारआली जेसीज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाको जन्मदिनको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा गमला हस्तान्तरण तथा वृक्षारोपणा कार्यक्रम सम्पन्न गरेको छ ।






