Logo

चार्जमा रहेको फोन उठाउदा झापामा एक महिलाको मृत्यु



झापा, ३० असार । झापामा फोनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका-१ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको मोबाइल फोनमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्