Logo

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ



भोजपुर, ३ माघ । १३ वर्षीया दुई जना र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

हतुवागढी गाउँपालिका-३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्णकुमार राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्