काठमाडौँ, १८ माघ । लगातार चार दिनसम्म घटेको शेयर बजार आज भने सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।
बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







