पाकिस्तान, ७ माघ । पाकिस्तानमा चार वर्षमा ४२ पत्रकार मारिएका छन् ।
पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् ।
सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती पत्रकारहरूमा १५ जना पत्रकार पञ्जाबका, ११ जना सिन्ध, १३ जना खैबर पख्तुनख्वा र तीन जना बलुचिस्तानका थिए ।
पत्रकारहरूलाई या त आतङ्ककारीहरूले गोली हानेर मारे या अन्य कतैबाट मारिए यकिन भने छैन् । तथ्याङ्कअनुसार यस्ता घटनामा पञ्जाबमा सात संदिग्ध पक्राउ परेका थिए ।
जसमध्ये दुई हाल जमानतमा छन् । पक्राउ परेका अन्य सातमध्ये पाँच जना विरुद्ध मुद्दा चलिरहेको छ भने आठ जना फरार छन् । एक जना अभियुक्तलाई भने अदालतले रिहा गरेको छ । सिन्धमा चार संदिग्ध पक्राउ परेका छन् भने सात जनामाथि मुद्दा चलिरहेको छ ।
यसैगरी केपीका दुई अभियुक्तले सफाइ पाएका छन् चारजना मुद्दा चलिरहेका छन् र एक जना फरार छन् । बलुचिस्तानमा दुई संदिग्धहरू फरार छन् । एक जना मुद्दाको सामना गर्दै छन् भने अर्का एक संदिग्धलाई सजाय दिइएको छ । केही अनुसन्धानको प्रक्रियमा छन् ।







