Logo

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढाथोकी पक्राउ



पाँचथर, ३१ साउन । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पुरुष पक्राउ परेका छन् ।

फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

बलात्कृत बालिकाका आफन्तले दिएको उजुरीका आधारमा बुढाथोकीलाई पक्राउ गरिएको पाँचथर प्रहरी जनाएको छ । बुढाथोकीले शनिवार राति बालिकालाई बलात्कार गरेको आरोप छ ।

बालिकाका आफन्तले सोमवार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकी विरुद्ध उजुरी परेलगत्तै आरोपितलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्