Logo

चार हजार २८५ उम्मेदवारको जमानत जफत



काठमाडौँ, २८ मंसिर । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चार हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चार हजार २८५ उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभातर्फ दुई हजार ३२४ गरी कुल चार हजार २८५ उम्मेदवारको धरौटी जफत भएको बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

यस्तै, प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्